काठमाडौं - गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेपछि मनाङ्गे दोषी ठहर भएका हुन ।
उच्च अदालत पाटनले २०७८ सालमा ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
0 comment