काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत कार्तिक १४ मा दशरथ रङ्गशालामा भएको फाइनल खेल हेर्न उपस्थित भएका थिए । सोही समयमा जापानमा बस्ने एक जना नेपालीले प्रधानमन्त्रीको ‘हत्या गर्न सकिने’ अभिव्यक्ति दिएर सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो अपलोड गरे । ती नेपाली भ्लगर थिए ।
भिडियो अपलोड गर्ने भ्लगर चितवनका रतन कार्की थिए । प्रहरीका अनुसार २० वर्षीय कार्की विद्यार्थी भिसामा जापान गएका हुन । प्रहरीले बताए अनुसार टोकियोमा बस्ने भ्लगर रतन कार्कीबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
कार्कीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको साइबर ब्युरोका एक जना अधिकृतले बताएका छन । प्रहरीका अनुसार कार्कीलाई ‘मुद्दा दर्ता गरी पक्राउ पुर्जी लिने र इन्टरपोल मार्पmत नेपाल ल्याउन पत्राचार गर्ने प्रक्रिया भइरहेको जनाइएको छ ।
कार्कीले भनेका छन सामाजिक सञ्जालमा भिडियो अपलोड गरेर ‘तपाईंहरु फुटबल हेर्दै हुनुहुन्छ म अर्कै चिज हेर्दैछु, आज हामीले मार्न सकिन्छ । बाहिर एउटा गु्रप बनाएर घेरेर बस्ने हो भने मार्न सकिन्छ, आज गरिएन भने हामी धेरै पछुताइन्छ ।’ उनको सो भनाइ प्रधानमन्त्रीप्रति लक्षित भएको जनाइएको छ ।
भ्लगर कार्कीलाई नेपाल ल्याएर कानुन बमोजिम अनुसन्धान गरी दोषी देखिए कारवाही गर्ने तयारी प्रहरीले गरेको पाइएको छ ।
0 comment