काठमाडौँ । 
अमेरिकाले हरेक वर्ष डिभीमार्फत विभिन्न देशका नागरिकलाई स्थाई बसोवासका लागि निश्चित कोटा अनुसार अनुमति दिईरहेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट ७ नोभेम्बर २०२४ सम्म बढाइएको सोमबार एक सूचनामार्फत जानकारी गराएको जनाएको छ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको जनाइएको छ । 
आवेदकहरूले डीभी भर्दा विभिन्न निर्देशनहरू पालना गर्नुपर्ने पनि सूचनामार्फत सुझाएको छ ।  जसमा आवेदकले परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने,  पछिल्लो ६ महिनामा लिएको तस्बीर  मात्र प्रयोग गर्नुपर्ने र आफ्नो डीभी–२०२६ पुष्टिकरण नम्बर जतन गरेर राख्नुपर्ने जनाइएको छ । 
दूतावासले डीभीका आवेदन दिन कुनै शुल्क नलाग्न कुरा उल्लेख गर्दै आवेदन https://dvprogram.state.gov/ बाट मात्र भर्न सकिने प्रष्ट पारेको छ । डिभी भर्नका लागि १२ कक्षा पास गरेको हुनुपर्छ ।