काठमाडौं - सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जुम्लामा परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।
जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिनुभयो ।
कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताउनुभयो ।
आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोली समेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।
0 comment