काठमाडौं - राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद त्यागेका छन् ।
महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा उनले सो पद त्यागेको बताएका हुन् ।
सो अवसरमा उनले भने अब महिला राष्ट्रिय टोली हेर्दिन,सायद अब क्लब हेर्छु होला ।
साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनले नेपाललाई फाइनल पुर्याएका थिए। त्यतिखेर जोर्डनसँग नेपाल पराजित भएको थियो ।
0 comment