काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गर्नुभयो । 

सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि भएको पनि उल्लेख गर्नुभयो ।

 मुलुक अप्ठ्यारो अवस्था तथा चरम सङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ थियो ।