काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत भोलि हुने फाइनल खेलको टिकट बिक्री स्थगित गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भोलि बेलुका साढे ६ बजे हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एन्फाले जनाएको हो। 

अस्ति आइतबार भएको दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएको जनाइएको छ ।

त्यसै कारण खेलाडी एवम् दर्शकको सुरक्षाका लागि तत्कालका लागि टिकट बिक्री स्थगन गरेको एन्फाले जनाएको छ ।