काठमाडौं - नेपाल र भारतबीच भइरहेको साफ महिला फुटबलको सेमिफाइनल खेलमा पटक पटक बिवाद भएको छ। विवाद भएपछि खेल नै पटक पटक अबरुद्ध भएको छ । नेपाली खेलाडी रेखा पौडेललाई दोश्रो पहेँलो कार्ड दिएपछि खेलमा विवाद शुरु भएको हो ।
१० खेलाडीमा सिमित भएको नेपालमाथि केहीबेरमै भारतले १ गोल गरेको थियो । त्यस लगत्तै रेफ्रीले सिठ्ठी बजाएपछि नेपालले १ गोल गरेको थियो । तर सो गोलले मान्यता नपाएपछि दर्शकहरुले पुन पानीको बोत्तल रंगशालामा फालेका थिए । त्यसपछि रंगशालामा तनाव भएको हो ।
अहिले सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि खेल सुचारु भएको छैन । रेफ्रीहरुमाथि लगातार परेको दबावले खेल शुरु हुन नसकेको हो । नेपालको तर्फबाट सो गोलले मान्यता पाउनुपर्ने दावी अफिसियलहरुले पनि गरिरहेका छन् ।
0 comment