काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री एंव गृहमन्त्री रवि लामिछानेको पक्राउ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
माईतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।
लामिछाने अहिले सुर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी उजुरीको आधारमा कास्की जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानको क्रममा छन् ।
जिल्ला अदालत रुपन्देहीले पनि सभापति लामिछाने, पुर्व डिआईजी छविलाल जोशी सहित १२ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति पत्र जारी गरेको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
0 comment