काठमाडौं - नेपालमा पहिलो पटक १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइदैछ । सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप अभियान सञ्चालन गर्ने भएको हो । १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिका लागि टाइफाइड खोप अभियान सञ्चालन गर्न लागेको हो ।
खोप अभियान नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । यो खोप निशुल्क पाइने र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विशेषज्ञहरुका अनुसार टाइफाइड (म्यादे ज्वरो) ज्यान जोखिममा पार्नसक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाईएको छ ।
0 comment