काठमाडौं - रास्वपाका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन । उनलाई आज काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो ।

पक्राउ परेसँगै रविलाई पोखरा लैजाने प्रहरीले जानकारी दिएको छ ।

रविलाई पक्राउ गर्दा पार्टी कार्यालय बालाजुमा समर्थकहरुको खचाखच भीड थियो ।

कार्यकर्ताहरुले रवि लामिछाने प्रकाउ पर्दा प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी लगाएका थिए ।