काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने नेताहरूले बताएका छन् ।

आज प्रतिपक्षी दलहरूको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले लामिछानेलाई पक्राउ गर्ने सूचना आफूले पाएको जानकारी गराएपछि अहिले रास्पाका नेताहरू पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् ।

पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरू कार्यालयमा रहेको जनाइएको छ ।

‘पक्राउ गर्न प्रहरी आएमा प्रतिवाद गर्ने पार्टीको कुनै तयारी नभएको पनि रास्वपाका एक नेताले बताउनुभयो । कानुन सबैले मान्नुपर्नेमा आफूहरू सचेत रहेको भन्दै ति नेताले अहिले पार्टीका नेताहरू सभापति लामिछानेको कार्यकक्षमा रहेको जानकारी दिनुभयो ।