काठमाडौं - हमासका नेता याह्या सिनवारलाई इजरायली सेनाले दक्षिणी गाजामा मारेको इजरायलले पुष्टि गरेको छ ।

सिनवारले सन् २०१७ देखि गाजामा सशस्त्र समूहको नेतृत्व गर्दै आएका थिए । इजरायल,अमेरिका र बेलायतले उनलाई ७ अक्टोबरमा भएको आक्रमणको मुख्य योजनाकारको रूपमा वर्णन गरेका थिए ।

इजरायली सेनाका अनुसार हमासको वरिष्ठ नेताले प्रयोग गरेको आशङ्कामा राफाको एक भवनमा बुधबार भएको आक्रमणमा मारिएका तीन जना लडाकूमध्ये सिनवार पनि एक हुन् ।

उक्त स्थानमा बन्धक बनाइएको कुनै सङ्केत नदेखिएको बताइएको छ । यसअघि सिनवारले इजरायली बन्धकहरूसँग सुरक्षाको साधनको रूपमा यात्रा गर्ने दाबी गरिएको थियो।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता डेनियल हागारीका अनुसार इजरायली सेनाले तीन जना बन्दुकधारीलाई घर–घरमा दौडिरहेको देखेका थिए । एकचोटि गोली हानेपछि तिनीहरू विभाजित भए भने सिनवार एक्लै एउटा भवनभित्र  पसेको देखेको इजरायली सेनाले बताएको बीबीसीले उल्लेख गरेको छ ।