काठमाडौं - नेपाली काँग्रेसका नेता तथा सङ्घीय सांसद विमलेन्द्र निधिले हरेक प्रदेशको आफ्नै प्रहरी सङ्गठन हुनुपर्नेमा जोड दिनुभएको छ । 

पूर्वगृहमन्त्री समेत रहनुभएका निधिले जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सबैले प्रदेश प्रहरी समायोजन भन्ने गरेपनि आफूले सङ्गठन भन्ने गरेको बताउनुभयो । सरकारले समायोजन गरेर होस् या नयाँ भर्ना गरेर, तर प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्ने उहाँको जोड छ ।

सङ्घीयता कार्यान्वयनको सात वर्ष बितिसक्दा पनि प्रदेश प्रहरी ऐन पारित नहुनु दुःखद भएको उहाँको भनाइ छ ।  

जबसम्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उहाँले उल्लेख गर्नुभयो ।