काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ । 

भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल लगायत सहभागी भेटका अवसरमा बाढीपहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।