काठमाडौं - लेबनानको उत्तरी क्षेत्रमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाले सशस्त्र शिया इस्लामिक समूह हिजबुल्लाहलाई लक्षित गरी हजारौंको संख्यामा आक्रमण गरेको इलाकाबाट निकै टाढा रहेको क्रिश्चियनको बाहुल्य रहेको गाउँ आइतोउको एक आवासीय भवनमा उक्त आक्रमण भएको हो ।

हालै युद्धका कारण विस्थापित भएको एक परिवार त्यहाँ बस्दै आएको स्थानीयवासीले बताएका छन् ।

इजरायली सेनाले उक्त समाचारमा तत्काल कुनै टिप्पणी गरेको छैन ।

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बेरुतसहित लेबनानमा जताततै दया नगरी हिजबुल्लाहमाथि आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएपछि यो कदम चालिएको  बीबीसीमा उल्लेख गरिएको छ  ।