काठमाडौं - चीनले ताइवानमा सैन्य अभ्यास गरिरहेको छ । 

चीनले सो सैन्य अभ्यास स्वशासित टापुमा स्वतन्त्रता खोज्नेहरूविरुद्ध कडा चेतावनीको रुपमा रहेको बताएको छ।

ताइवानका राष्ट्रपति विलियम लाईले गत हप्ता दिएको भाषणको प्रतिक्रियाको रूपमा यो अभ्यासलाई हेरिएको छ ।  उनले बेइजिङमा गाभिने कुराको प्रतिरोध गर्ने प्रतिज्ञा गरेका थिए।

ताइवानको रक्षा मन्त्रालयले चीनको तर्कहीन र उत्तेजक व्यवहारको निन्दा गर्दै आफ्नो बचाउ गर्न तयार रहेको बताएको छ ।

ताइवानको यातायात मन्त्रालयले समुद्री तटमा सैन्य अभ्यास भए पनि हवाई यातायात र बन्दरगाह सञ्चालन सामान्य रहेको बताएको छ।

ताइवानको सहयोगी अमेरिकाले उक्त अभ्यासको अनुगमन गरिरहेको बताएको छ ।

चीनले ताइवानलाई अलग्गिएको प्रान्तको रूपमा हेर्ने गर्छ ।  तर यो टापुले भने आफूलाई अलग देख्छ र यसको आफ्नै सरकार र सेना पनि  छ।

यसै वर्षको सुरुमा लाइले राष्ट्रपतिपदको सपथ लिएपछि बेइजिङले ताइवान वरपर पनि सैन्य अभ्यास गरेको बीबीसीले उल्लेख गरेको छ  ।