काठमाडौं - आइसीसी महिला टी-२० विश्वकप क्रिकेट अन्तर्गत हिजो भएको खेलमा भारतलाई हराउँदै अष्ट्रेलिया विजयी भएको छ। 

अष्ट्रेलियाले भारतलाई ९ रनले हराएको हो ।

भारत समक्ष अष्ट्रेलियाले १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले ९ विकेट गुमाएर १४२ रन मात्र जोड्न  सफल भयो । 

युएईको शारजाह रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ८ विकेट गुमाएर १५१ रन बनाएको थियो । 

यो खेलसँगै भारतीय टोलीको सेमिफाइनल पुग्ने आशा करिव समाप्त भएको छ ।