काठमाडौं - विश्वका नेताहरुले लेवनानको शान्ति सेनामाथि इजरायली आक्रमणको निन्दा र भर्त्सना गरेका छन ।

हिजो इजरायली रक्षा बल आईडीएफले लेबनानमा शान्ति सुरक्षार्थ खटिएका बहुराष्ट्रिय सैनिक माथि आक्रमण गरेपछि विश्वका शक्तिशाली देशका नेताहरु इजरायलसँग रिसाएका छन ।

सो इजरायली आक्रमणबाट २ जना श्रीलंकाली सेना र २ जना इन्डोनेशियाली सेना घाइते भएका छन । आईडीएफले आक्रमणको जिम्मा लिएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्वका क्रममा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूमाथि गोली चलाउन बन्द गर्न इजरायललाई आग्रह गर्नुभएको छ।

यसैगरी फ्रान्स, इटाली, स्पेन श्रीलंका लगायतका नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलका कार्यहरूको निन्दा गर्दै आक्रमण अनुचित भएको र तुरुन्तै अन्त्य गर्नुपर्ने बताएका छन् ।