काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन भन्दा कार्यान्वयन अहिलेको प्राथमिकता भएको बताउनुभएको छ।

आज विहान विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले काँग्रेस र एमालेलाई लक्षित गर्दै संविधान संशोधनको विषय उठाउने अधिकार भएपनि यसको मुख्य शक्ति माओवादी केन्द्र भएको दावी गर्नुभयो ।

उहाँले कार्यान्वयन कसरी गर्ने भन्ने चिन्ता ठुला दलहरुलाई छैन बरु यसलाई कार्यान्वयन गर्न नदिन उनीहरु आतुर छन भन्नहुँदै आफूले अघि सारेका कतिपय कानून निर्माणको प्रकृयामा ठूला दलहरुनै बाधक बनेको अनुभव सुनाउनुभयो । 

एक फरक प्रसंग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले  दक्षिण एसियामा नै विगत केही समयदेखि ठुलो राजनीतिक अस्थिरताको भुमरीमा जस्तो सरकार बन्ने र भत्किने क्रम जस्तो किसिमले देखा परेको उल्लेख  गर्नुभयो। उनले यसमा श्रीलंका र बंगलादेशको उदाहरण प्रस्तुत गर्नुभयो ।