
परिक्षा कोइराला,
पूर्व माननीय नरोत्तम वैद्य वरिष्ठ समाजसेवी हुुनुहुन्छ । उहाँ समाज सेवाका साथै राजनीतिमा समेत गहिरो अभिरुची राख्ने व्यक्तित्व हुनुहुन्छ । कुनै समयका जुझारु प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो वहाँ । बागमती प्रदेश सभाको सदस्य भएर पनि उहाँले जिम्मेवार राजनीतिक व्यक्तित्वको भूमिका निर्वाह गरिससक्नु भएको छ । ओमकार परिवारका चिन्तनशील बैत्र सेवा नै धर्म हो भन्नु हुन्छ । राजनीतिलाई पनि वहाँ जनसेवाको विशुद्ध माध्यम भएको बताउनु हुन्छ ।
सत्य र निष्ठामा अटल विश्वास राख्ने निडर वैद्य देशको प्रगति र उत्थानको सवल पत्र अध्यात्मक पनि हो भन्नु हुन्छ । धर्मको पर्याय नै अरुको सेवा गर्नु हो । उहाँको आफ्नै मान्यता छ । नेपाल ऋषि मुनिहरुले तपस्या गरेको पवित्र तपोभूमि हो, देवी देवता विचरण गर्ने देव भूमि हो, तर हामीले विश्वलाई आफ्नो धर्म र संस्कृतिबारे जानकारी गराउन नसकेको उहाँको गुनासो छ । पशुपतिनाथ बारे विश्वभरका हिन्दूहरुलाई जानकारी गराउन सकिने हो भने मात्र पनि धार्मिक पर्यटकको आगमनले अर्थतन्त्रमा सुधार आउने उहाँ दावी गर्नु हुन्छ । प्रस्तुत छ । भगवान पशुपतिनाथ दीनदुःखीहरु र अशक्त रोगीहरुको सेवामा सिङ्गो जीवन समर्पण गर्नु भएका उनै बेद्यसँग हाम्रा प्रतिनिधि परीक्षा कोइरालाले गर्नु भएको कुराकानी ः
नरोत्तम वैध एक वरिष्ट समाजसेवी हुन् । उनी पशुपति विकास कोषको सदस्य साथै कोषाध्यक्ष भएका हुन् । परिवारमा चिन्तनशील कुनै जमानामा जुधारु प्रजातान्त्रिक युवा वाग्मती प्रदेश सभाको सांसद सदस्य पनि भए । सत्य, निष्ठामा अटल विश्वास रख्ने निडर वैधको नेपालको प्रगति र उत्थानको एउटा पक्ष अध्यात्म पनि हो । घर्म हो, संस्कृति हो । ऋषि मुनि तपस्या गरेको यो देशमा पशुपतिनाथ बारे उनी बढी चिन्तनशील छन् र त्यसैको विकास र संरक्षणमा सधै दत्तचित्त छन् । पटक पटक जनप्रतिनिधिका रुपमा निर्वाचित उनी । उनीसँग यिनै सन्दर्भमा हाम्रा प्रतिनिधि परीक्षा कोइरालाले लिएको अन्तर्वार्ताको सम्पादित अंश –
१) यहाँ समाजसेवामा कसरी प्रवेश गर्नु भयो ?
मेरो जन्म २०१७ सालमा जय – वागेश्वरीमा भएको हो । पारिवारिक पृष्टभूमिमा ठूलो बा भानुभक्त नन्द वैध (ज्ञानलाल बा) जो अविवाहित हुनुहुन्थ्यो, उहाँबाट प्रभावित भए । काठमाडौ उपत्यकाकामा पूजाआजा गर्दा जसले पनि उहाँलाई सम्झिन्थ्यो । त्यो समयमा भोजको प्रबन्ध, अरुको दुख र सुखमा समेत सबैलाई उनले मद्धत गर्दथे । मेरो आमाको मेनेन्जाइटिसले वितेकाले ज्ञानलाल बा (जेठो बाले) मलाई हुर्काएको हो । उनले मलाई उनी बाहिर जादासँगै हरेकको घर लाने र सुताउने गर्थे । त्यही प्रभावले समाजसँग मेरो निकै सम्पर्क घुलमिल भयो । समाजसेवा तर्फ हौसला दिनेमा ठूला बा प्रथम, कवि वासु शशी र गीतकार योगानन्द वैध प्रमुख थिए । यस्तै समाजका अग्रणी व्यक्तिहरु, चिन्तकहरु र धार्मिक र सामाजिक व्यक्तित्व पनि ।
२ ) राजनीतिमा नेपाली कांग्रेसमा कहिले कसरी प्रवेश गर्नु भयो ?
समाजसेवामा ठूला बाको हौसला, राजनीतिमा डो¥याउने वासु शशी र योगानन्द वैध हुन् । सधै भेट्दा वि. पी कोइराला, गणेशमान सिहंसँग राजनीतिक पृष्टभूमि र विश्व दृष्टिकोणबाट वार्तालाप हुन्थ्यो । उनीहरुको प्रभावबाट नेपाली कांग्रेसका कृष्ण प्रसाद भट्टराई र महेन्द्रनारायण निधिबाट आकर्षित भए । वि. पी कोइराला, नीलाम्बर पन्थी, शैलजा आचार्य, राष्ट्रिय एकताको नीति लिएर नेपाल फर्केको बेला म भेट्न एयरपोर्ट गए तर वि .पी लाई एयरपोर्टबाट समातेर लग्यो । युवा, म । त्यो दिन देखि म राजनीतिमा झन् अनवरत रुपमा लागे । वि.पी कोइरालालाई २०१७ सालमा राजा महेन्द्रले कु गर्दा भन्दा वि.पी कोइराला र महेन्द्रले मिलेर काम गरेको भए मुलुकको कायापलट हुन्थ्यो । देश बचाउन राजा चाहिन्छ र मुलुक बनाउन प्रजातन्त्र चाहिन्छ । त्यो ..... सन्दर्भको एक पक्ष । तर दुर्भाग्य त्यो हुन सकेन िनियत जे भए पनि नियति नै बन्यो भन्ने लाग्छ ।
महात्मा गान्धी र अहिंसा नीतिबाट भियतनामका पूर्व राष्ट्रपति होचिमिन्हबाट म साह्रै प्रभावित छु । होचिमिन्हले आफ्नो जिन्दगी कसरी देशको लागि समर्पित गरे र थोरै खाएर जनतालाई समृद्धशालि बनाए भन्ने उदाहरण छ । उनी आफ्नो मुलुकको हितको लागि अमेरिकासँग पनि झुकेनन् । उनी टायरको जुत्ता, खाद्ररको जुत्ता लगाउथे । तन, मन धनले आफ्नै देशको लागि समर्पण गरे । राजनीतिको सन्दर्भमा जे. कृष्णमूर्तिले भने जस्तो अरुलाई नक्कल गर्ने होइन, बरु अरुबाट सिकेर उसलाई माथि पक्रेर माथि बढ्नु पर्छ । म सम्झन्छु चाडक्यले देशलाई विदेशीको आक्रमण हटाउन गरेको काम र शोषण अत्याचार विरुद्धको कार्य र यो वि .पी र कुसुनजीबाट शायद हुन सक्ने थियो कि ।
म आध्यात्मिक व्यक्ति पनि हुँ । भगवान् शिवसँग प्रभावित छु । आफ्नो भक्तका लागि संकटको बेला निलकन्ठमा बिष पिए, घाटीमा राखे । माहात्मा गान्धीले बेलायतमा पढेर टाई, सुट लगाएका मान्छे भएपनि त्यागेर अंग्रेज हटाउन “भारत छोड” आन्दोलनमा लागे । यो ठूलो उदाहरणलाई मैले आत्मसात् गरेको छु ।
३ ) कोटी होम यज्ञका बारेमा केही बताइ दिनुहुन्छ कि ?
कोटी होम पशुपति विकास कोष आफैले गर्नु पर्ने हो । आफूले गर्न नसके पनि कसैले गर्न लागेको तथा सकारात्मक रुपमा सहयोग गरेको देखिन्छ । पशुपति विकास क्षेत्रमा कोटी होम भएको देखिन्छ । कोटी होममा लाखौ हिन्दू धर्मावलम्बीहरु सक्रिय रुपमा संलग्न भएका छन् । कोटी होमबाट लाखौ धर्मावलम्बीले पुण्य प्राप्त गरेका छन् । यधपि राष्ट्रिय पंचांग समितिले यसको विरोध गरेको छ । मूल कुरा आयोजकले आर्थिक पारदर्शिता गर्नुपर्छ र पत्रकार सम्मेलन गरेर देखाउनु पर्छ । यसका साथै सो रकमको समुचित प्रयोग हुनुपर्छ ।
४ ) पशुपतिमा मूल भट्ट नेपाली हुन नहुने कारण के हो ?
ऐतिहासिक पृष्टभूमि अनुसार सन्यासीले पशुपतिको काठको दण्डले पुजा गर्ने व्यवस्था थियो । सन्यासी भएको कारण सन्यासी मूल पुजारी समाधि गएको देखिन्छ । नेवार पुजारीमा विश्वानन्द राजोपाध्याय अन्तिम पुजारी देखिन्छन् । राजा प्रताप मल्ल भारतमा तीर्थ जादा आफ्नो पुजा कोठामा पुजाको लागि भारतको भट्टलाई ल्याएको देखिन्छ । मल्ल राजाहरुको पुजा कोठमा भट्टहरुले राम्रोसँग पुजा सहयोग गरे बापत राजा खुशी भएर के माग्छौ माग भन्दा म पशुपतिको पुजारी हुन पाउ भनेर भारतीय भट्टले मागे । त्यसपछि राजा दुविधामा परे र पशुपतिनाथका नेवार पुजारीलाई निकालेर सहयोगीका रुपमा पवाली बस भने । नेवार पुजारीले यो पवाली भएर बस्ने कि नबस्ने भगवान्लाई सोध्छु भन्दा तिमी पवाली भएर नबस् र छाडिदेउ भनेर नेवार पुजारीले छाडेको देखिन्छ ।
त्यसपछि राजाले पवाली बन्नको लागि भक्तपुर, पाटनमा सुविधा दिन्छु भनेर आह्वान गरे । पवाली बन्न बाह्रा, बनेपा, टोखा, चाँगुनारायण चार ठाउँबाट आएका पुजारीलाई पवालीको रुपमा राखियो । त्यसबेला उनीहरुलाई सुविधा मरणोपरान्त दिइयो । त्यही नियमको निरन्तरता अनुसार लुम्भकर्ण भट्टको समयमा शंकराचार्य (भारतीय भट्ट) आएर नियम बसाए । यही नियम अहिले अनवरत रुपमा चलिरहेको छ । पुजारीहरुलाई भारतको दक्षिणबाट ल्याइन्छ र उनीहरुको पढाई संस्कृतमा आचार्य (स्नातकोत्तर) हुनुपर्छ ।
५) संसारका हिन्दु धर्मावलम्बी किन पशुपतिनाथलाई महत्व दिन्छन् ?
उदाहरण स्वरूप नेपालीहरु चारै घामको रुपमा भारतको तीर्थ स्थल भ्रमण गरेर आएपछि पशुपति दर्शन नगरेसम्म घर्म पुरा हुदैन । भारतीयहरुले पनि पशुपतिलाई पाँचौ घामको रुपमा स्वीकार गर्नुपर्छ शास्त्रीय कुरा हो । पशुपति दर्शन नगरी घर्म सिद्धि हुदैन भन्ने कुरा आह्वान गर्न जरुरी छ । यसका लागि राष्ट्रिय स्वयं सेवक दल साथै संसारका हिन्दुलाई आवहान गरौ भनेर वातावरण बनाउन जरुरी छ । हाम्रो देश यसैले चल्छ । मोदी पहिलो पटक प्रधानमन्त्री भएर आउदा दुवै संसदमा बोले । उनले हिन्दु धर्मावलम्बीले संसारको जुनसुकै तीर्थको पुण्य मिल्छ, तर पशुपतिनाथको दर्शन गरेनौ भने धर्म पुरा हुदैन भन्ने संदेश दिए । भारत र नेपाल जनकपुर र मुक्तिनाथको धार्मिक सर्किटको रुपमा जोड्ने जस्ता कुरा गरे । तर आज त यो सरकारले समेत विर्से जस्तो छ । त्यत्रो महत्वपूर्ण कुरा । म त भन्छु नेपालले नै जनकपुर – अयोध्या, लुम्बिनी – गया सर्किट जोड्न प्रभावकारी हुन्छ ।
शायद मोदीको आवहानमा भारतबाट हिन्दु पर्यटक चारांै, पाँचौ धामको प्रमुख तिर्थ स्थल नेपालमा धार्मिक पर्यटकका रुपमा भारतीय पर्यटक आएको देखिन्छ । यसलाई व्यवस्थित बनाउने लुम्बिनीमा टङ्ज्ञले गुरुयोजना बनाए जस्तै पशुपतिमा पनि जीवन्त गुरु योजनाको खाँचो छ । अझ म भन्छु ढिला भइसकेको छ ।
६) देशको सम्पदा प्रयोग गरेर देश कसरी विकास गर्न सकिन्छ ?
मूल कुरा हरेक देशलाई सम्बृद्धशाली मुलुक बनाउन सम्भव छ । नेपालमा चार वटा कुराको हिमाल , जलस्रोत, लुम्बिनी, पशुपतिनाथ आदि सम्पदाको राम्रो व्यवस्थापन गर्न जरुरी छ । पशुपतिलाई सन् १९६५ मा भारतको शम्सुदिनले आक्रमण गर्यो र यहाँ भएको भगवान् पशुपतिको मन्दिर तहसनहस बनायो । शम्सुदिनले आक्रमण गर्नु भन्दा महादेवको ज्योतिर्लिंग तलबाट उत्पति भएको थियो । त्यो ध्वस्त भएपछि लिंग स्थापना गरेको प्रतिस्थापनमा शिव लिंगमा चारवटा मुहार छ भने पहिलोकोमा एक मुहार थियो । पशुपतिमा शम्सुदिनले तहसनहस गरेको मूर्तिमा देवताहरुको अवशेष देखिन्छ ।
हाम्रो जस्तो हिमाली देशमा विश्वभरका पर्यटक आकर्षित गर्न सक्छौ । दोस्रो पनिको अथाह जलस्रोत छ र यसलाई व्यवस्थापन गरेमा देश बनाउन सहयोग मिल्छ । संसारभरि अरब बुद्धिष्ट छन् । एक करोड पर्यटकको लुम्बिनीमा भ्रमण भए मात्र पनि मुलुक बन्छ । हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथ हो जसलाई सबै हिन्दुको राजधानी बनाउन सकिन्छ । जस्तो क्रिश्चियनको इटालीमा भेटिकन सिटी । मुसलमानको मक्का, मदिना आस्थाको केन्द्र । संसारभरिका हिन्दुहरु १ प्रतिशत मात्र आएमा एक करोड हिन्दु धार्मिक पर्यटक आउछन् । नेपाल प्रति श्रद्धा । धार्मिक पर्यटन उद्योग पनि हुन्छ ।
हामी सदस्य पदाधिकारी भएको बेलामा यो वातावरण बनाउन धेरै प्रयास गरेका थियौ । पशुपति बारेमा हुन त केही अध्ययन भएका छन्, योगी नरहरिदेखि आजसम्म पनि । तर त्यतिले मात्र पुगेको छैन भन्ने लाग्छ । विश्वका आध्यात्मिक हिन्दु धर्मावलम्बी विद्वान् सम्मिलित भएर पशुपतिको महत्ता अन्तर्राष्ट्रिय जगतमा पु¥याउन अध्ययन, अनुसन्धान गर्ने र व्यापक प्रचार गर्नु आवश्यक छ । यसलाई निरन्तरता दिनु जरुरी छ । पशुपतिको सम्पदा जग्गा, जमिन र अन्य चल सम्पत्तिको खोजी र संरक्षणको आवश्यकता छ । हिनामिना न होस् भन्ने पनि ।
वास्तवमा ऐतिहासिक पशुपतिनाथ, लुम्बिनी, सीता, जनकपुर, अनि सगरमाथा, कन्चन जन्गा लगायत हिमश्रृंखलाहरु र हाम्रा जलसम्पदा अन्तर्राष्ट्रिय महत्वका विषयलाई आ–आफ्नै प्रकारले सदुपयोग गर्ने, प्रचार गर्ने कार्यले नेपाललाई समृद्ध बनाउने कार्यका महत्वपूर्ण पाइला हुन् ।
अन्य केही भन्नु छ कि ?
यो शिव पार्वतीको पवित्र भूमि, सगरमाथाको भूमि, गौतम र जनक, अष्टाबक्रको भूमिमा साधा चन्द्र सूर्य अंकित झण्डा फहरायोस् । यही पशुपति भूमिमा अन्तिम सास फेर्न पाउँ । जय शम्भो ! ०००



0 comment