सकुल शाह सहकारी क्षेत्रको एक अबल व्यक्ति हुन् । २०३२ सालमा काठमाडौँको बुढानीलकण्ठमा जन्मिएका शाह पुख्र्यौली घर भने पश्चिम तिर हो । उनको सम्पूर्ण बाल्यकाल काठमाडौँको बुढानीलकण्ठमा नै वित्यो । पढाईमा विधालय स्तर भन्दा माथि जान नसकेपनि प्राविधिक रुपमा उनि अग्रणी छन् । पढाई मात्र सबै कुरा हुन्छ भन्नेहरुलाई उनि गतिलो उदाहरण हुन् । स्कुल पढ्दापढ्दै कलाकारिता क्षेत्र साथै विभिन्न सामाजिक संघसंस्थामा उनले ठुलो योगदान पुर्याएका छन् । बुढानीलकण्ठ क्षेत्रमै सहकारी सुरुवात गराउने व्यक्तिको रुपमा उनि परिचित छन् । राजनितिक आस्थाका आधारमा एनेकपा माओवादीका काठमाडौँ क्षेत्र नं. ५ पेशागत संघसंस्थाको संयोजकको भूमिका समेत निर्वाह गर्दै आएका शाहसंग युनिटी भ्वाइसले गरेको कुराकानी सम्पादित अंश :
यहि चैत्र ५ गते काठमाडौँमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको छाता सङ्गठनको अधिबेशन हुदै छ त्यसमा तपाईको भूमिका के रहने छ ?
म कार्यरत संस्थाबाट सर्वसमत रुपमा जिल्ला जानकालागि एनेकपा माओवादीको एलायन्सबाट मेरो नेतृत्वमा क्षेत्र ५ बाट अनन्त के.सी., महेश्वरी डंगोल, विष्णु गिरीको प्यानल बन्दै छ । को के बन्ने भन्ने पदीय भागबण्डा गरेको छैन तैपनि सहकारीको भलाईको लागि हाम्रो एलायन्सले जित्नुपर्छ भन्ने हाम्रो मान्यता छ । सहकारी क्षेत्र भागबण्डामा चल्नु हुदैन, यसमा भएको पदको लडाईले यो क्षेत्र नराम्रो बनाउदै छ । मेरो उमेद्वारी लगभग घोषणा गरिसकेको अवस्था छ । म हारेपनि सहकारी क्षेत्र स्वतन्त्र रुपमा काम गर्ने साथीहरुले जित्नुपर्छ । सहकारी पार्टी भागबण्डा नभई नितान्त आर्थिक गतिबिधि गर्ने संस्था भएकाले त्यसै अनुरुप स्वस्थ र स्वतन्त्र रुपमा काम गर्ने व्यक्तिहरुले जित्नुपर्छ, त्यो हैसियत म र मेरो प्यानलले राख्दछ ।
काठमाडौँ सहकारी संघमा तपाईको एलायन्सले जितेको खण्डमा के के सुधार गर्नुहुन्छ ?
दुर्भाग्य भनौ या के हामी तल्लो स्तरको नेतृत्वलाई सोध्ने काम हुदैन ।माथिल्लो स्तरबाट जो निर्णय हुन्छ त्यो सहज होस् या नहोस् लागु गर्न बाध्य हुन्छौ । काठमाडौँ जिल्ला मात्र होइन नेपालको ७५ वटै जिल्लमा सहकारी छ नेपालभर गाउँगाउँमा सहकारी छ । सबैको समस्या एकै प्रकारको हुदैन तर पनि केन्द्रले कुनै बिना नीति निर्माण गर्छ त्यसलाई लागु गर्न हामी बाध्य छौ । म अहिले क्षेत्र नं.५ को समस्या समाधान गर्न सक्षम छु । यदि हाम्रो प्यानलले जित्यो भने त्यो समस्याको बारेमा केन्द्रमा पुर्याउन पहल गर्नेछु । काठमाडौँको समस्या र जिल्लाको समस्याको बारेमा छलफल गरि केन्द्रलाई घच्घच्याउने काम हुन्छ ।
सहकारी प्रति पछिल्लो पटक जनताको विश्वासमा त्यति खरो दंगले उभिएको छैन,किन होला ?
हो सहि भन्नुभयो यहाँ सहकारीहरुको पनि केहि कमीकमजोरी छ । कतिपय सहकारीले ठगेका पनि छन् यो हुनुभनेको ज्ञानको कारणले भएको हो । हुन् त निगरानीको लागि राष्ट्रिय सहकारी बोर्ड, नेपाल सरकार,जिल्ला डिभिजन सहकारी कार्यालय पनि छ तर के भएको हो भने ठगि सकेपछी मात्र थाहा हुन्छ कारबाही र के होला ठगि गर्न नदिने संरचना छैन सहकारी कसको लागि र किन खोल्ने भन्ने ज्ञानको अभाव पनि छ । करिले देखेसेखिमा सहकारी खोलेको छन् । चलाउने क्षमता छैन त्यसैले सम्बन्धित निकायले कर्तव्य पालना गर्नका निम्ति जिम्मेवारी बहन गराउन तालिम गराउने व्यवस्था रहेको छैन । २५ जना सम्म गरि सहकारी दर्ता गर्यो, त्यसै स्वार्थले काम गरेको छ । जिम्मेवारी निर्वाह गर्छ या गर्दैन उसको पृष्ठभुमि के कस्ता कुरा छन् त्यसमा कसैले पनि ध्यान दिएका हुदैनन् त्यसैले राष्ट्रिय सहकारी बोर्डले कम्तिमा सहकारी दर्ता गर्न भन्दा पहिले सहकारी संचालन गर्नेहरुले अनिवार्य तालिम लिएको हुनुपर्ने व्यवस्था गर्नुपर्छ ।
तपाई उमेद्वार बन्दै हुनुहुन्छ, तपाईका लागि भोट दिनुपर्ने करण के र तपाईकोप्यानलले जित्दा सहकारी क्षेत्रको विकासक लागि के उपलब्धि हाँसिल हुन्छ ?
हामीले उमेद्वारी दिनुको कारणहरु मध्ये प्रमुख भनेको सहकारी विधानमा चलाउनु हो, कुनै प्रकारको दबाब बिना सहकारी नीतिको आधारमा चल्ने वातावरण बनाउनु हो । हाम्रो टिमले जितेको खण्डमा हरेक सहकारीलाई तालिम दिने व्यवस्था गर्दछौ । संकटग्रस्त सहकारीलाई सहज बनाउन बिभिन्न निकायमा योजना बनाउछौ र संकटग्रस्त सहकारीहरू के कति कारणले संकटमा पुग्यो अध्यायन गर्दै त्यसको समाधान के हो पत्ता लगाई त्यसै आधारमा राष्ट्रिय सहकारी बैंकको सहयोगमा केहि समय व्यवस्थापन सुधाछौँ । संकटग्रस्त सहकारी पुन: चल्ने वातावरणको लागि काम गर्छौं, हामी सानामा पढ्न जाँदा विधालयमा बिषयगत गुरु हुन्छ त्यस्तै हामीले जितेको खण्डमा हरेक सहकारीको लागि संघको अगुवाइमा गुरुको व्यवस्था गछौ भैरहेको सहकारीलाई डुब्न नदिन जिल्लाले पहल गर्छ । उसलाई पैसाको कमि छ भने जिल्ला सहकारी बोर्डले ग्यारेन्टीमा उसलाई ऋण उपलब्ध गराउनेछ । त्यसले संकट भएकालाई केहि न केहि सहयोग र सक्षम बनाउन मद्दत पुर्याउने छ ।
तपाई काठमाडौँ बचत तथा ऋण सहकारी संघ लि. मा उमेद्वारी दिदैहुनुहुन्छ तपाइले जित्नुभयो भने जिल्लामा भएका सम्पूर्ण सहकारीलाई एकै छातामा गोलबद्ध गर्न सक्नुहुन्छ ?
अहिले काठमाडौँमा मात्र ४ हजार ५ सय जति सहकारी छन् तर संघमा आबद्ध ५ सय जतिमात्र छन् झन्डै ४ हजार भन्दा बादी सहकारी आबद्ध भएको छैनन् पुर्व नेतृत्वले त्यसलाई लठ्ठी देखाएर ल्याउन कोशिश गर्यो सकेन । हामीले जितेको खण्डमा तर्साएर होइन आवश्यक महशुश गराएर बढाउदै ल्याउछौं । हामीप्रति आकर्षित बनाउछौ । हामी सबै सहकारीको अभिभावक बन्ने प्रयत्न गछौ, अप्ठ्यारालाई सहयोग गर्ने नीति बनाउछौ, अप्ठ्यारोम साथ दिदै यो जिल्ला संघमा सम्पूर्ण सहकारीहरुको सहभागिता गराउन सके सहकारीहरुको अभिभावक संघ बन्ने छ । त्यसैले मा सम्पूर्ण सहकारीलाई छाता संगठन काठमाडौँ बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन) मा आबद्ध हुन् र हाम्रो प्यानललाई अत्यधिक मत दिई बिजयी गराउन आह्वान गर्दछु ।


0 comment