काठमाडौं - क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली क्यानाडासँग नेपाल ४ विकेटले पराजित भएको छ ।

क्यानडाको किंग सिटीमा भएको खेलमा नेपालले क्यानाडालाई दिएको १ सय ४० रनको लक्ष्य ६ विकेट गुमाउदै १९ दशमलव ३ ओभरमा पूरा गर्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गरेको थियो ।

गत आइतवार भएको सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा भने नेपालले ओमानमाथि जित हासिल गरेको थियो । १ सय ७७ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १ सय ३९ रन बनाउँदै अल आउट भएको थियो ।

सिरिजको अर्को खेलमा ओमानले क्यानडालाई पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो जितको खोजीमा रहेका छन् ।

नेपालले चौथो खेलमा बुधवार ओमानको सामना गर्नेछ ।