प्रवीण अधिकारी

भनिन्छ , ईशाइ धर्ममा एउटा मसीहा ,एउटा बाईबल ,एउटा धर्म छ , तर , भएर के गर्ने ?
किनभने – ल्याटिन क्याथोलिकहरु , सीरियाई क्याथोलिक चर्चमा छिर्दैनन , यी दुबै मर्थोमा चर्चमा छिर्दैनन , यी तीनै , PentecosT चर्चमा छिर्दैनन , यी चारै साल्वेशन आर्मी चर्चमा छिर्दैनन , यति मात्र होइन , यी पाँचै सातौंदिन Adventist चर्चमा छिर्दैनन , यी छओटै , रूढ़िवादी चर्चमा छिर्दैनन , अब यी सातोटै जैकोबाइट चर्चमा छिर्दैनन , र, यसरी नै ईशाका टुक्रिएका झडकेला सन्तानका १४६ स्वरुपहरु यो सानो हिमाली अधिराज्य, नेपलमा पौडिदै छन , यति शर्मनाक अवस्था भएपनि संधै घोक्रो फुलाएर भन्छन -एउटा ईशु , एउटा बाईबल र एउटा धर्म (?) , थुक्क नौटंकी वाजहरु , कति वेवकुफ बनाउँछौ , गरिव नेपालीहरुलाई |||

हेर्नोस मुस्लिमहरुलाई 

अल्लाह एउटा , कुरान एउटा , एउटा तीनका नबी र भन्छन मुस्लिम धर्मि एक हौँ ,तर , ती मुसलमानहरु बीच शियाले सुन्नीलाई र सुन्निले शियालाई , सबै मुस्लिम देशहरुमा एकले अर्कोलाई मार्ने गर्छ र अधिकांश मुस्लिम देशहरुमा यी संप्रदायबीच एक आपसमा काटाकाट हुने गर्छ संधै धार्मिक दंगा भै रहन्छ |

यतिमात्र होइन –

शियाहरु सुन्नीको मस्जिदमा जाँदैनन , यी दुबै अहमदि मस्जिदमा छिर्दैनन र यी तीनै सूफी मस्जिद भित्र छिर्दैनन , फेरी यी चारैलाई मुजाहिद्दीन मस्जिद भित्र छिर्न् वर्जित गरिएको छ, र ,समग्रमा १३ किसिमका मुस्लिमहरु देखिएको छ , जो संधै एक अर्काको रगतको पौडि खेलिरहेका छन | एक आपसमा बारूद गोला पडकाई रहेछन | मारकाट यिनको सामान्य कृत्य हो र पनि सोझा साझा मान्छेलाई बेवकूफ बनाउन यी दिनभरी लाउडस्पीकर घंकाउदै , घोक्रो फुलाएर भन्ने गर्छन -अल्लाह एउटा छन , कुरान एउटा छ , नबी एउटै छ , हामी सबैभन्दा अशल हौँ |

अब हेर्नोस हाम्रो सनातन हिन्दू धर्मतिर

हामी प्रकृति पूजक सनातन धर्मानुरागि चाहे जुनसुकै रैथाने धर्म ( किरांत ,टों ,बर्हथमान , बौद्ध ,वोन ) हामी सबै सनातनी हौँ | हाम्रा तमाम व्यवहार र उपासना पद्धति पृथ्वी प्रदत्त सेरोफेरोमा सीमित रहेको छ | विशेषगरी वि.स. २०४६ पछि नेपालमा सनातनलाई कमजोर देखाएर , वारंवार हामीमाथि कोदालो बर्साउने काम गरिएको छ | कथं कदाचित हाम्रो आस्थाले उग्ररुप लिन पुग्योभने , नेपालको अन्य धर्मी , जो ६ प्रतिशतको हाराहारीमा देखिन्छन , तिनलाई ६ प्रतिशतमा उकास्नेहरुपनि नेपाली धर्तीबाट संधैकालागि बिस्थापित हुनेछन , कारण , हाम्रा आस्थाको धरोहर भित्र हजारौ हजार बर्षदेखि गहिरोगरि बसेको हाम्रै परिवेशको धूलो ,माटो ,बाटो , कोठा ,चोटा,पानीको धारो , कटेरो , ढिकी -जाँतो , खोला-नाला , पाखा – पर्वत , शृष्टि -प्रलयआदि भित्रको ईश्वरको अटूट अनुकम्पा , श्रद्धा र बिश्वाश भेट्ने हाम्रो मनले कुनैपनि गैर हिन्दूलाई कहिल्यै छुट्याउने काम गरेन | दैत्य -दानव , आस्तिक – नास्तिक , एशु – अल्लाह , कसैलाई भिन्न देखेंन | हामीले कहिल्यै तिनको मत भित्र छिर्ने र केलाउने प्रयाश गरेनौं | सबैको सबैकुरा बराबर हो भन्ठान्यौं | यस ब्रह्माण्डको पन्च भौतिक तत्वहरु : आगो, हावा ,पानी,घाम, अन्तरिक्ष , पशुपंक्षी जे भित्रपनि अपरिमित शक्ति देखेको कारण हामीले यस शृष्टिका प्रत्येक जीव र बस्तुमाथि अनुपम शक्ति र श्रद्धा भाव उमार्यौं,र , तिमीहरु जस्ता विधर्मीहरु भित्रपनि ईश्वरीय गुण देख्न पुग्यौं र त तिमीहरुको हरेक वितण्डा पचाउँदै आएका छौं | नबिर्स ! हामी प्रकृति पूजक सनातनी हिन्दू हौ | हामीलाई हाम्रो सभ्यता र ईश्वरप्रति अनुपम आस्था र बिश्वाश छ | आफूलाई जन्माउने मात्र होइन , आफैले जन्माएको छोरीको पाउ पर्नुपनि हामी सनातनीहरुको कृत्य हो | हाम्रो यो गुणमाथि हेय दृष्टि राख्यौ र धर्म परिवर्तनको नाउँमा जथाभाबी गरेर हाम्रो धार्मिक शहिष्णुता भंग गर्ने कोशीश गर्यौभने तिमी त के तिम्रा गुरुहरु सहितका सात पुस्ता संधैकालागि बढारिने छन् | जानी जानी भुङ्ग्रो भित्र खुट्टो झोस्न न आऊ | याद गर ! तिम्रो ६ लाई १६ चोटी गुन्यौ भनेमात्र हामी जति पुग्छ | हामीलाई हाम्रै प्राचिन शभ्यतामा रम्न देउ | नघोकाउ हामीलाई तिम्रा फोश्रो बिचार |

हेर ! हाम्रा केही अनुपम ग्रन्थहरु 

आजको विश्वमा हामी हिन्दूहरुका धार्मिक साहित्यका दुईभाग रहेका छन् – श्रुति अर्थात ऋग्वेद ,यजुर्वेद , सामवेद र अथर्ववेद | त्यसका ६ अंग – शिक्षा , छन्द , व्याकरण , निरुक्त ज्योतिष र कल्प वेदाङ्ग कहलिएका छन् | त्यै वेदलाई कर्मको आधारमा दुईभाग लाइएको छ – संहिता र ब्राह्मण | संहिता वेदको मन्त्र भाग हो भने , ब्राह्मण दुईभगमा बाँडिएको छ -अरण्यक र उपनिषद | त्यै उपनिषदलाई वेदान्तपनि भनिएको छ | यसैलाई अर्को शब्दले सम्वोधन गरिएको छ , र भन्ने गरिन्छ उत्तर मीमांसा र पूर्व मीमांसा , जसको अर्थ हो काल क्रम अनुसारको जिज्ञाशा वा मीमांसा (इंक्‍वायरी) | मुक्तिकोपनिषद अनुसार उपनिषद् १०८ रहेका छन , जसमा १० ऋग्वेदको , १९ शुक्ल यजुर्वेदको , ३२ कृष्ण यजुर्वेदको , १६ सामवेदको र ३१ अथर्ववेदको उपनिषद् रहेका छन् |१०८ उपनिषद मध्ये ११ ओटा मुख्य मानिएका छन | २१ ओटा उपनिषदलाई सामान्य वेदांत , २३ उपनिषदलाई सन्यास, ९ लाई शाक्त, १३ लाई वैष्णव , १४ लाई शैव तथा १७ उपनिषदलाई योग उपनिषद भन्ने गरिएको छ | स्मृति : स्मृति भनेको सम्झिएको हो | यसमा मनु, याज्ञवल्क्य, पराशर, आपस्तंब, नारद, अत्रि, विष्णु, हरीत, औषनासी, अंगिरा, उशनस, यम, कात्यायन, उमव्रत, बृहस्पति, व्यास, दक्ष, गौतम, वशिष्ट, संवर्त, शंख, गार्गेय, देवल, शरतातय र शातातप स्मृति आदिरहेका छन | श्रुति र स्मृति बीच विरोधाभास हुन पुगे श्रुति नै मान्य हुने व्यास वचन रहेको छ | स्मृति भित्र धर्मशास्त्र , इतिहाँस , पुराण , सूत्र , आगम , दर्शन रहेको छ | धर्मशास्त्र: – हाम्रा आचार – कर्त्तव्‍य/अधि‍कार , व्यवहार , प्रायश्‍चि‍तका साथसाथै अपस्‍तम्‍भको धर्मशास्‍त्र , गौतमको धर्मशास्‍त्र, बौधयानको धर्मशास्‍त्र , मनुस्मृति , याज्ञवल्क्यस्मृति , नारदस्मृति पर्दछन | इतिहाँस भित्र : रामायण , महाभारत , योगवाशिष्ठ , हरिवंश जस्ता ग्रन्थहरु पर्दछन भने ,पुराण भित्र महापुराण, उपपुराण , स्थलपुराण र कुलपुराण आदि रहेको छ | सूत्रग्रन्थ भित्र योग सूत्र , न्याय सूत्र ,ब्रह्म सूत्र , कामसूत्र , व्याकरण सूत्र , ज्योतिष सूत्र ,सुल्वसूत्र पर्दछ | त्यस्तै आगम ग्रन्थहरु छन , यहाँ आगम भनेको कर्मकाण्डको नियम हो , त्यस्तै दर्शन ग्रन्थहरु छन | यस वहेक हामी सङ्ग चानचुन १३०० धार्मिक पुस्तकहरु प्राप्य रहेका छन , तीनमा लेखिएका झण्डै १०,००० भन्दा बढी टिप्पणी ग्रन्थहरु , १,००,००० भन्दा बढी उप-टिप्पणी ग्रन्थ र भाष्यहरु प्राप्य रहेका छन | एउटै ईश्वरको निम्ति अनगिन्ती प्रस्तुतिहरुको विविधता, करोडौं प्राचार्य तथा ऋषिमुनिहरुको संलग्नता र विश्वकै अति प्राचिन भाषाहरुमा समेटिएको तीनको उपदेश यस धर्मको सबै भन्दा ठूलो विशेषता हो | यसपद्धति भित्र हजारौं पंथ , लाखौं उपपंथ , करौडौं मन्दिरहरु , वैदिक ,तान्त्रीक्, शान्ख्य प्रति शांख्य पद्धतिहरु , जड र चेतन बस्तुहरुप्रति सहसम्मान , अशंख्य प्राणीहरुको कल्याण समाहित छ |

यसवाहेक १८ पुराण , महाभारत, श्रीरामचरितमानस, रामायण, श्रीमद्भगवद्गीता, गर्ग संहिता, योगवासिष्ठ तथा प्रज्ञा पुराण आदि ग्रन्थहरुपनि छन | त्यो भन्दापनि मुख्य ॠग्वेदीय ब्राह्मणक रुपमा ऐतरेय ब्राह्मण · शांखायन ब्राह्मण रहेका छन् भने , शुक्ल-कृष्ण यजुर्वेदीय – शतपथ ब्राह्मण , तैत्तिरीय ब्राह्मण रहेको छ | सामवेदीय ब्राह्मणमा ताण्ड्य ब्राह्मण , षडविंश ब्राह्मण , सामविधान ब्राह्मण , आर्षेय ब्राह्मण , देवताध्याय ब्राह्मण , उपनिषद ब्राह्मण , संहितोपनिषद ब्राह्मण , वंश ब्राह्मण , जैमिनीय ब्राह्मण , जैमिनीयार्षेय ब्राह्मण , जैमिनीयोपनिषद ब्राह्मण देखिन्छ | अथर्ववेदीय ब्राह्मणको रुपमा गोपथ ब्राह्मण देखिन्छ भने ॠग्वेदीय उपनिषदको रुपमा ऐतरेय उपनिषद , आत्मबोध उपनिषद ,· कौषीतकि उपनिषद , निर्वाण उपनिषद , नादबिन्दुपनिषद , सौभाग्यलक्ष्मी उपनिषद ,अक्षमालिक उपनिषद , भवऋचा उपनिषद , मुदगल उपनिषद · त्रिपुरा उपनिषद · बहवृचोपनिषद · मृदगलोपनिषद · राधोपनिषद रहेको पाइन्छ |

शुक्ल यजुर्वेदीय – अध्यात्मोपनिषद ,आद्यैतारक उपनिषद , भिक्षुकोपनिषद ,बृहदारण्यकोपनिषद ,ईशावास्योपनिषद ,हंसोपनिषद ,जाबालोपनिषद ,मंडल ब्राह्मण उपनिषद ,मन्त्रिकोपनिषद ,मूक्तिको पनिषद , निरालम्बोपनिषद ,पैंगलोपनिषद ,परमहंसोपनिषद ,सत्यायनी उपनिषद , सुबालोपनिषद ,तारासार उपनिषद ,त्रिशिखिब्राह्मणोपनिषद ,तुरीयातीतोपनिषद ,अद्वयतारकोपनिषद · याज्ञवल्क्योपनिषद · शाट्यायनीयोपनिषद · शिवसंकल्पोपनिषद |

कृष्ण यजुर्वेदीय – अक्षि उपनिषद , अमृतबिन्दु उपनिषद ,अमृतनादोपनिषद ,अवधूत उपनिषद ,ब्रह्म उपनिषद ,ब्रह्मविद्या उपनिषद ,दक्षिणामूर्ति उपनिषद ,ध्यानबिन्दु उपनिषद ,एकाक्षर उपनिषद , गर्भ उपनिषद , कैवल्योपनिषद ,कालाग्निरुद्रोपनिषद ,कर उपनिषद ,कठोपनिषद ,कठरुद्रोपनिषद , क्षुरिकोपनिषद , नारायणो ,पंचब्रह्म , प्राणाग्निहोत्र उपनिषद ,रुद्रहृदय , सरस्वतीरहस्य उपनिषद , सर्वासार उपनिषद ,शारीरिकोपनिषद ,स्कन्द उपनिषद ,शुकरहस्योपनिषद ,श्वेताश्वतरोपनिषद ,तैत्तिरीयोपनिषद ,तेजोबिन्दु उपनिषद ,वराहोपनिषद ,योगकुण्डलिनी उपनिषद ,योगशिखा उपनिषद ,योगतत्त्व उपनिषद ,कलिसन्तरणोपनिषद ,चाक्षुषोपनिषद |

सामवेदीय उपनिषद – आरुणकोपनिषद ,दर्शनोपनिषद ,जाबालदर्शनोपनिषद ,जाबालि उपनिषद , केनोपनिषद , महात्संन्यासोपनिषद , मैत्रेयीउपनिषद ,मैत्रायणी उपनिषद ,अव्यक्तोपनिषद , छान्दोग्य उपनिषद ,रुद्राक्षजाबालोपनिषद ,सावित्र्युपनिषद ,संन्यासोपनिषद ,वज्रसूचिकोपनिषद ,वासुदेवोपनिषद ,चूड़ामणि उपनिषद ,कुण्डिकोपनिषद ,जाबाल्युपनिषद ,महोपनिषद ,मैत्रेय्युग्पनिषद , योगचूडाण्युपनिषद |

अथर्ववेदीय उपनिषद – अन्नपूर्णा उपनिषद ,अथर्वशिर उपनिषद ,अथर्वशिखा उपनिषद ,आत्मोपनिरुषद ,भावनोपनिषद ,भस्मोपनिषद ,बृहज्जाबालोपनिषद ,देवी उपनिषद ,दत्तात्रेय उपनिषद ,गणपति उपनिषद ,गरुडोपनिषद ,गोपालपूर्वतापनीयोपनिषद ,ह्यग्रीव उपनिषद ,कृष्ण उपनिषद ,महानारायण उपनिषद ,माण्डूक्योपनिषद ,महावाक्योपनिषद ,मुण्डकोपनिषद , नारदपरिव्राजकोपनिषद ,नृसिंहोत्तरतापनीयोपनिषद ,परब्रह्मोपनिषद ,प्रश्नोपनिषद ,परमहंस परिव्राजक उपनिषद ,पशुपत उपनिषद , श्रीरामपूर्वतापनीयोपनिषद ,शाण्डिल्योपनिषद ,शरभ उपनिषद , सूर्योपनिषद ,सीता उपनिषद ,राम-रहष्य उपनिषद , त्रिपुरातापिन्युपनिषद |

ॠग्वेदीय ब्राह्मण ग्रन्थ – ऐतरेय ब्राह्मण ,कौषीतकि ब्राह्मण ,शांखायन ब्राह्मण | यजुर्वेदीय ब्राह्मण ग्रन्थ – शुक्ल यजुर्वेदीय शतपथब्राह्मण(काण्वब्राह्मण) · शतपथ (माध्यन्दिन) ब्राह्मण | कृष्ण यजुर्वेदीय – तैत्तिरीय ब्राह्मण · मध्यवर्ती ब्राह्मण | सामवेदीय ब्राह्मण ग्रन्थ – ताण्ड्य ब्राह्मण , षडविंश ब्राह्मण ,सामविधान ब्राह्मण ,आर्षेय ब्राह्मण ,मन्त्र ब्राह्मण , देवताध्यानम् ब्राह्मण ,वंश ब्राह्मण , संहितोपनिषद ब्राह्मण , जैमिनीय ब्राह्मण , जैमिनीयार्षेय ब्राह्मण , जैमिनीय उपनिषद ब्राह्मण | अथर्ववेदीय ब्राह्मण ग्रन्थ – गोपथ ब्राह्मण | ॠग्वेदीय सूत्र-ग्रन्थ – आश्वलायन श्रौतसूत्र ,शांखायन श्रौतसूत्र ,आश्वलायन गृह्यसूत्र ,शांखायन गृह्यसूत्र ,वासिष्ठ धर्मसूत्र | यजुर्वेदीय सूत्र-ग्रन्थ – कात्यायन श्रौतसूत्र ,पारस्कर श्रौतसूत्र ,विष्णु धर्मसूत्र · पारस्कर गृह्यसूत्र | कृष्ण यजुर्वेदीय सूत्र-ग्रन्थ – आपस्तम्ब श्रौतसूत्र ,आपस्तम्बगृह्यसूत्र ,हिरण्यकेशि श्रौतसूत्र ,बौधायन गृह्यसूत्र ,बौधायन श्रौतसूत्र |

वैखानस गृह्यसूत्र ,भारद्वाज श्रौतसूत्र ,हिरण्यकेशीय गृह्यसूत्र ,वैखानस श्रौतसूत्र ,मानव धर्म-सूत्र ,बाधूल श्रौतसूत्र ,काठक धर्मसूत्र , आपस्तम्ब धर्मसूत्र , वराह श्रौतसूत्र , बौधायन धर्मसूत्र , मानव गृह्यसूत्र , वैखानस धर्मसूत्र , काठक गृह्यसूत्र , हिरण्यकेशीय धर्मसूत्र | सामवेदीय सूत्र-ग्रन्थ – मसकसूत्र ,लाट्यायन सूत्र ,खदिर श्रौतसूत्र ,जैमिनीय गृह्यसूत्र ,गोभिल गृह्यसूत्र ,खदिर गृह्यसूत्र ,गौतम धर्मसूत्र , द्राह्यायण गृह्यसूत्र ,द्राह्यायण धर्मसूत्र अथर्ववेदीय सूत्र-ग्रन्थ | वैतान श्रौतसूत्र , कौशिक गृह्यसूत्र , वराह गृह्यसूत्र , वैखानस गृह्यसूत्र |

अन्त्यमा, हामी दिनहुं जसो सबै मंदिरहरुमा पुग्छौं , शहिष्णु बन्छौं र सबै मिलि एकसाथ सबै चाडपर्व तिथि र महिना अनुसार सबै चाडबाड मनाउँछौ |अरुकुरा गरीरहनुको औचित्य छैन किनभने हामीले हाम्रो लाखौं बर्षको इतिहांसमा कहिल्यै “धर्म” को नाउंमा हत्याहिंशा र मारकाट गर्न चाहेनौं | त्यसैले सबैले आ आफ्ना अन्तर हृदयले धक फुकाएर भनौं वैदिक सनातन हिन्दू धर्मको जय !!!