काठमाडौं - नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती खारेज गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ ।

‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसदबाट कानुन ल्याऊ, लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायतका नारासहित महासंघले धर्ना दिएको हो ।

सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गर्ने तथा मिडियाका गेट अगाडि सवारीसाधन राखेर अवरोध सिर्जना गर्ने कार्यको विरोध गर्दै महासंघले सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएको छ ।