काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व छाड्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौ एक कार्यक्रममा बोल्दै नेता थापाले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नेतृत्वबाट अलग हुनुपर्ने धारणा राखे । पार्टीभित्र पछिल्लो समय देखिएको विवाद, नेतृत्वको कार्यशैली तथा निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै थापाले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याए ।
उनले अन्य ठाउमा राप्रपाले समर्थनमा गरेर सरकार बन्न हुने बागमतीमा किन नहुने भन्दै पार्टी नेतृत्वको पक्षपातपुर्ण व्यबहार देखिएको टिप्पणी गरे । उनले १२ जना बागमती प्रदेश सदस्यहरुमा ७ जनाको स्पष्ट निर्णयको साथ आफूहरु सरकारमा गएको बताए । उनले काठमाडौ जिल्ला अधिवेशनका विषयमा अदालतको फैसला नआएसम्म सबै कुरालाई यथास्थितिमा राख्नु भन्ने आदेश आएपनि पार्टी मनोमानी ढंगले अघि बढेको भन्दै पार्टी नेतृत्वले अदालतको समेत मानहानी गरेको बताए । नेता थापाले अफ्ना मान्छेहरुलाई मात्र कमिटीमा ल्याउने र हिजोदेखि पार्टीलाई योगदान दिएकाहरुलाइ बाहिर राखेर पार्टी एकतर्फीरुपमा कब्जा गर्न खोजिएको आरोप लगाए।
उनले पार्टी राजेन्द्र लिङ्देको नेतृत्वमा गएपछि सकिने अवस्थामा पुगेको टिप्पणी गरे । नेता थापाले फेरीपनि लिङ्देन अध्यक्ष रहे पार्टी सकिने चेतावनी दिदै यो महाधिवेशनमा अध्यक्ष लिङ्देनलाई पराजित गर्न पार्टी पंक्तिलाई आग्रह गरे । यसअघि पार्टी केन्द्रले पार्टीको निर्देशनविपरीत प्रदेश सरकार गठनमा समर्थन जनाएको आरोपमा थापामाथि कारबाही प्रक्रिया अघि बढाएको थियो ।


0 comment