काठमाडौं - झारफुक गरी निको पार्ने बहानामा एक बालिकामाथि गरिएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले जुम्लाबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झाँक्री भनिएका जुम्लाको गुठीचौर गाउँपालिका–१ बस्ने ४६ वर्षीय कालीबहादुर रोकाया रहेका छन्। १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
उक्त भिडियो सार्वजनिक भएलगत्तै प्रहरी चौकी मणिसाँघुबाट खटिएको प्रहरी टोलीले रोकायालाई उनकै घरबाट नियन्त्रणमा लिएको हो।


0 comment