काठमाण्डौ महानगरपालिका-२६ कपुरधारा, दक्षिणकाली मन्दिर अगाडी एक घरमा कोठामा लागु औषध ब्राउन सुगर राखेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुगी चेकजाँच गर्दा  अजय थापाकोसाथबाट १२.११ ग्राम लागु औषध खैरो हेरोइन फेला परेको थियो।

नियन्त्रणमा लिइएका थापालाइ जिल्ला अदालत काठमाडौंबाट लागु औषध सम्बन्धी कसुरमा ७ दिन   को म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो।