काठमाडौं - खसीको मासु भन्दै बाख्राकाे मासु बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ।   

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२८, टुकुचास्थित खसी बजारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले एउटा भ्यान र पिकअप गाडीमा करिब ५६७ केजी बाख्राकाे मासु लोड गर्दै गरेको अवस्थामा फेला पारेको थियो।   

पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिल बहादुर मोक्तान, मुगुको सिर्कोट घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय करण बानिया, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २४ वर्षीय सनम तामाङ, सोही ठाउँका २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेक बहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ का २५ वर्षीय दिनेश महत रहेका छन्।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दान बहादुर थापाले जानकारी दिएका छन्