काठमाडौं - गणतन्त्रवादी र राजावादी समूहले प्रदर्शनको समय संशोधन गरेका छन् ।

यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर एकघण्टा पछि सारिएको छ ।

एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमान गर्दै १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने दुवै समुहले जनाएका छन् ।

तर एसईई नसकिदै सडकमा दुवै समुहका कार्यकर्ताहरु ठुलो संख्यामा भेला हुन थालेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त समितिले तिनकुनेमा सभा राखेको छ ।

त्यस्तै, आजै गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले भृकुटीमण्डपमा सभा गर्दैछ ।