काठमाडौं - जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले अनलाइन जुवाका साथै कृप्टो कारोबार्मा संलग्न ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा खेल्ने/खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई सामानहरुसहित अनलाइन जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिई प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा निजहरुले २ अर्व रुपैयाँ भन्दा बढी रकमको कारोवार हुनेगरी अनलाईन जुवा खेल्ने खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार भन्दा बढी रकम बराबरको कृप्टो करेन्सीको कारोबार समेत गरेको देखिन आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो।
पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थपि अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले उनिहरुबाट विभिन्न कम्पनीको मोवाईल फोन ३४ थान, विभिन्न कम्पनीको ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक ४ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय ATM कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान पनि बरामद गरेको छ।


0 comment