काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरुद्धमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको छ।
अनेरास्ववियूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्लादहन गर्दै मंगलबार बिहान काठमाडौंको प्रदर्शनाीमार्गमा प्रदर्शन गरेको हो।
कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएको विषयमा सत्तारुढ दलका नेतादेखि प्रतिपक्षी दललगायत आम सर्वसाधारणले अहिले विभिन्न माध्यमबाट विरोध जनाइरहेका छन्।
कुलमानको पक्षमा प्रदर्शन सुरु भएपछि विद्युत प्राधिकरण कार्यालय परिसरमा ठुलो संख्यमा प्रहरी तैनाथ गरिएको छ । आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले त्यस वरपर विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


0 comment