काठमाडौं —विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको छ । ऊर्जा मन्त्री दिपक खडका र प्राधिकरणका निर्देशक घिसिङबीच प्रतिष्ठाको लडाई भइरहेको थियो । सत्ता गठबन्धन परिर्वतनपछि सरकारले निरन्तर रुपमा कुलमानको खेदो खनिरहेको थियो । सरकारले कुलमानलाई पटक पटक स्पष्टीकरण सोध्नुका साथै कार्यसम्पादनमा नै प्रश्न उठाउदै शुन्य नम्बर दिएको थियो भने कुलमानका पक्षमा प्रतिपक्ष दल लगायत आम नागरिकले आवाज दिइरहेका थिए । ऊर्जा मन्त्रीले कुलमानले नेपालमा लोडसेडिङ अन्त्य गरेका होइनन लोडसेडिङ अन्त्यको श्रेय भारतलाई जान्छ भन्ने अभिव्यक्ती सदनमै दिएका थिए । तर व्यवहारिक रुपमा हेर्ने हो भने विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान नियुक्त भएको करिब ९ वर्षमा मुलुकलाई पूरै लोडसेडिङ मुक्त गराएको देखिन्छ । जसअफ जस कसको हो ?
यसमा जनताको चासो नहोला तर कसले वा को कार्यकारी भएको समयमा एकदिन पनि लोडसेडिङका नाममा अन्धकारमा बस्नु नपरेको मुल्याङकन भने पक्कै पनि जनताले गरेका छन् । कुलमानलाई हटाउने निर्णयसँगै सामाजिक सञ्जालमा विरोधका असिना वर्षिन थालेका छन् । सरकारले कुलमानलाई हटाएर लोडसेडिङको अन्धकारमा जनतालाई धकेलेको आरोप आउन थालेका छन् । कुलमानलाई हटाउने निर्णय निकै महङगो पर्ने विश्लेषण हुन थालीसकेको छ ।
मुलुकलाई लोडसेडिङ मुक्त गर्ने घाटामा गएको प्राधिकरणलाई नाफामा जुरुक्कै उठाउने नायकको रुपमा आफ्नो पहिचान बनाएका कुलमान आखिरी सरकारको निसानाबाट बच्न सकेनन । बनावटी गल्तीको सिकार भएर प्राधिकरणबाट हटाइए । अब कुलमान यसका विरुद्ध अदालत जालान नजालान यो त समयले देखाउला तर वर्तमान सरकार अहमता र इगोमा रुमालिएर समय वर्वाद गरेको चाही प्रष्ट भएको छ ।
कुलमानको पक्ष लिएर सरकारको विरोधमा उत्रनेहरुलाई सरकारले कसरी चित्त बुझाउला त्यो त हेर्न नै बाकी छ । नेपाली जनता र मुलुकको पक्षमा भन्दा पनि व्यक्तीगत इगोहटको पक्षमा लागेर सरकारले उल्टो गति लिन थालेको स्पष्ट भयो । कुलमानलाई हटाउने निर्णयको भारी सरकारले बोक्न सकेन भने मुलुकमा केपी ओली मात्रै हैन सिंगो व्यवस्थाको जुइनो नै चुडिने प्रवल सम्भावना देखिदैछ ।


0 comment