काठमाडौं — हाम्रो शहर शुन्य फोहोर अभियान अन्तर्गत बानेश्वरका महिला दिदीवहिनीहरुका लागि १७ औ झोलमल उत्पादन तालीम सम्पन्न भएको छ । सुरेन्द्र ढकाल प्रतिष्ठानको आयोजना तथा प्रायोजन र हाम्रो अभियान फाउण्डेसन नेपालको संयोजनमा भएको उक्त तालीममा ६७ जना महिला दिदीवहिनीहरुले तालीम लिएका हुन । 


समाजसेवी देवी कार्कीले यस बानेश्वर क्षेत्रका महिला दिदीवहिनीहरुको हरेक घरमा झोलमल उत्पादन अभियान व्यापक बनाउदै लगिने कार्यक्रममा बताउनु भयो । सुरेन्द्र ढकाल प्रतिष्ठानको उद्देश्य र क्रियाकलापवारे प्रतिष्ठानका मानार्थ सदस्य डि वि थापाले कार्यक्रममा बताउनु भएको थियो भने प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रयोगात्मक विधिबाट झोलमल उत्पादनको बारेमा छलफल गराउनु भएको थियो ।  झोलमल उत्पादन पश्चात करेसा र कौशी बारीमा के कस्ता तरकारी र जडिबुटी खेतीगर्न सकिन्छ भन्ने कुराको बारेमा विगत २७ वर्षदेखि जडीबुटीको क्षेत्रमा कार्यअनुभव भएका मदन वास्तोलाले जानकारी गराउनु भएको थियो । 


घरबाट निस्कने हरेक फोहोरलाई मलमा रुपान्तरण गरी कौशी खेती गर्न सकिने र कौशी खेती नभए मल उत्पादन गरी विक्री पनि गर्न सकिने उपायहरुको बारेमा विस्तृत छलफल अभ्याससहित गराइने भएको हुँदा तालीममा उल्लेखीय महिला दिदीवहिनीहरुको सहभागिता रहनेगरेको सहभागीहरुले नै बताउनु भयो । हाम्रो शहर शुन्य फोहोर अभियानलाई देशव्यापी बनाउनका लागि सुरेन्द्र ढकाल पतिष्ठानको साथमा सधै रहिरहने प्रतिवद्धता सहभागीहरुले गरेका थिए । सुरेन्द्र ढकाल प्रतिष्ठानले तालीममा सहभागी भएका सबै दिदीवहिनीहरुलाई झोलमल उत्पादनका लागि ड्रम र जिवाणु निशुल्क वितरण समेत गरेको थियो । यो अभियानलाई म रहुन्जेल काठमामाडौं क्षेत्र नं. १ को सबै घरमा पुर्याउँदै हाम्रो शहर शुन्य फोहोर अभियान देश व्यापी बनाउने जानकारी प्रतिष्ठानका अध्यक्ष अभियन्ता सुरेन्द्र ढकालले विशाल नेपाल अनलाइन न्युजलाई बताउनु भयो ।