काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा गरेका छन्।

शनिबार बिहान १० बजे मन्दिर पुगेका शाहले करिब दुई घण्टा लगाएर पूजाआजा गर्नुका साथै ऐतिहासिक गोरखा दरबारको समेत अवलोकन गरे। 

राजसंस्थाको पुनःस्थापनाको माग उठिरहेका बेला पूर्वराजाको गोरखा भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। गोरखनाथ मन्दिरमा दर्शन गर्दा पृथ्वीनारायण शाहले राज्य विस्तारको आशिर्वाद पाएको जनविश्वास रहेको छ। 

पूर्वराजा शाहको आगमनलाई स्वागत गर्न शनिबार बिहान ९ बजे तनहुँको आवुखैरेनीदेखि गोरखा दरबारसम्म राजसंस्था समर्थकहरूले मोटरसाइकल र्‍याली निकालेका थिए। उनी भोलि आइतबार मनकामना मन्दिर दर्शन गर्ने कार्यतालिका रहेको छ।