काठमाडौं - पर्वतको मोदी गाउँपालिका–५ स्थित भद्र खोला पुल नजिकैको वन डढेलो लागेको छ ।
डढेलोसँगै माथिबाट ढुंगा खस्ने क्रम जारी रहँदा बागलुङतर्फ जाँदै गरेका यात्रुहरू बाटोमै रोकिएका छन्। यद्यपि स्थानीय बासिन्दा र सुरक्षाकर्मीले डढेलो निभाउने प्रयास जारी राखेका छन् ।
प्रत्येक वर्ष डढेलोका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ, जसले गर्दा यसको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सरकारको समयमै पहल आवश्यक देखिन्छ।
संघ, प्रदेश, र स्थानीय तहका सरकारहरूले समन्वय गरेर वन डढेलो नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउनु अपरिहार्य भएको विज्ञहरू बताउँछन्।फागुन र चैतलाई सुख्खा मौसम मानिने भएकाले घाम चर्को लाग्दा वन डढेलो अनियन्त्रित रूपमा फैलिने खतरा रहन्छ।


0 comment