काठमाडौं - प्रहरीले २५ करोड रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई रकमसहित पक्राउ गरेको जनाएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिइने प्रहरीले जनाएको छ ।