काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँ पुगेको जनाएको छ। 

बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला पाँच सय रुपैयाँ बढी हो।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।