काठमाडौं - जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई हिरासतमा नराख्न आदेश दिएको छ । न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। 

अदालतको यो आदेशसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई हिरासतमुक्त गरी अनुसन्धान अघि बढाउनुपर्नेछ । सर्वोच्चको आदेशमा पनि सीआईबीले गोल्छालाई रिहा गर्न मानेको थिएन ।सर्वोच्च अदालतले पनि सोमबार धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी प्रश्न उठाएको थियो ।