काठमाडौं - धादिङ बेनिघाट रोराङका किसानहरुले यो बर्ष मात्र हरियो तरकारी बेचेर पच्चिस करोड रुपैँया गाउँमा भित्र्याएका छन ।

यो आर्थिक बर्षमा करिब ५७ लाख मेट्रिक टन हरियो तरकारी उत्पादन गरी करिव पच्चिस करोड पचास लाख आम्दानी भएको हो । तर यो रकम अघिल्लो आर्थिक बर्षको भन्दा करिब ५० लाख कम छ 

यद्यपी किसानहरुले यति धेरै रकम तरकारीबाट कमाएको भने धादिङमा नै यो गाउँ पालिका पहिलो हो । 

अझ उत्पादन भएको तरकारीले सिजनमा मुल्य नपाउनु खेर फल्नु परेकोले किसानहरुको गुनासो छ ।

यहाँका किसानहरुले व्यवसायिक खेती गरेर तरकारी उत्पादन गर्ने गर्छन ।

यसले स्थानीयलाई रोजगारीमा समेत टेवा पुगेको छ । 

गत आर्थिक वर्षमा करिव ८७ लाख मेट्रिक टन हरियो तरकारी धादिङ जिल्लामा मात्र उत्पादन भई विक्र भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ।

धादिङको हरियो तरकारी राजधानी काठमाण्डौँ लगाएत चितवन पोखरामा बढी बिक्री हुने गर्छ ।