काठमाडौं - देशभर डेङ्गुको संक्रमण बढेको छ।

हुम्ला जिल्ला बाहेक ७६ जिल्लामा डेङ्गुको संक्रमण तीब्र रुपमा फैलिएको सरुवा रोग तथा इपिडिमियोलोजी महाशाखाले जनाएको छ ।

डेङ्गु फैलिएसँगै अस्पतालहरुमा विरामीको चाप पनि निकै बढेको छ।

उपचारको लागि अस्पताल पुगेका कतिपय विरामीहरुले उपचार सहज रुपमा पाउन सकेका छैनन ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार अझै असोज महिनाभर डेङ्गुको संक्रमण बढ्नेछ । 

तसर्थ, लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरुले फेरि एकपटक आग्रह गरेका छन। 

घर वरपर सफा राख्न र पानी जमेको ठाउँ पुर्न पनि उनीहरुले सुझाएका छन । 

नेपालमा यो बर्ष मात्र डेङ्गु रोगबाट जनाको मृत्यु भइसकेको छ ।