काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १३.०९ अंकले घटेर २६३२.९४ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३८ प्रतिशतले घटेर ४६७.३८ विन्दुमा अडिएको छ।
नेप्से घटेसँगै कारोबार रकम पनि ओरालो लागेको छ। आज ३२८ स्क्रिप्सको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता सेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन सोमबार ९ अर्ब ४३ करोड ९१ लाख मूल्य बराबरको कारोबार भएको थियो। सो दिन नेप्से परिसूचक ५५ अंकले घटेको थियो।
आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। थ्री स्टार हाइड्रोपावरको सेयर ९.९० प्रतिशतले बढ्दा अपर स्यांगी हाइड्रोपावरको ७.५४ ,आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ५.८० र सानिमा लार्ज क्याप फण्डको ५.३७ प्रतिशतले बढ्यो।
आज सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.८२ प्रतिशतले घटयो। कारोबार रकमका आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९ करोड ८१ लाख ५४ हजार ७७ रुपैयाँमा खरिदबिक्री भयो।
हिमालयन रिइन्स्योरेन्सको २१ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २० करोड,एनएलजी इन्स्योरेन्सको १९ करोड र अपी पावरको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये ६७ वटा स्टक्सको मूल्य बढ्दा १६९ वटाको मूल्य घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।
ट्रेडिङबाहेक अन्य समूहको उपसूचक राताम्मे देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक ०.७९ प्रतिशतले बढेको हो।


0 comment