काठमाडौं - अघिल्लो दिन २५.४६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से आज फेरी ५५ ।८६ अंकले घटेर २,६४६.०३ विन्दुमा पुगेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि १०.५३ अंकले घटेर ४६९.१८ विन्दुमा पुगेको छ ।
आज ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भयो ।
ओरालो लागेको सेयर बजारमा आज कुनैपनी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन ।
आज कारोबारमा आएका १३ वटै समुहको उपसुचक ओरालो लागेको छ । होटेल समुहको उपसुचक सर्वाधिक २.६७ प्रतिशतले ओरालो लाग्यो भने बैंकिङ, फाइनान्स, हाइड्रोपावर, लाईफ इन्स्युरेन्स, माइक्रोफाइनान्स र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक पनि २ प्रतिशत बढीले ओरालो लाग्यो । डेभलपमेन्ट, म्यानुफ्याक्चरिङ्ग र अन्य समुहको उपसुचक १ प्रतिशत बढीले ओरालो लाग्यो भने बाँकी समुहको उपसुचक सामान्य ओरालो लाग्यो ।
कारोबार रमका आधारमा आज सीईडीबी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सीईडीबी हाइड्रोपावर्को आज ३७ करोड बढीको सेयर कारोबार भयो। यसैगरी, हिमालयन रिइन्स्योरेन्सको २७ करोड, हाथवे इन्भेष्टमेन्ट र एचआईडीसीको २३ करोड, एचआईडीसी को र अपी पावरको २१ करोड बढीको सेयर कारोबार भयो ।


0 comment