काठमाडौं - रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभको खेल मैदान र १२ तल्ले आवासीय भवनमा गरेको बम आक्रमणमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना १४ बर्षीया बालिका पनि छन।
स्थानीय अधिकारीहरूका अनुसार रुसले यसपटकको आक्रमणमा गाइडेड बम प्रहार गरेको थियो ।
खेल मैदानमा भएको आक्रमणमा ५९ जना घाइते भएका छन् ।
आक्रमणपछि भवनबाट बाक्लो कालो धुँवाको मुस्लो आएको थियो साथै अग्नि नियन्त्रकहरुले सो भवनमा रहेका मानिसलाई सुरक्षित स्थानमा सारेका छन् ।
0 comment