काठमाडौं - अमेरिकी राष्ट्रपति जो वाइडेनले गाजा क्षेत्रमा तत्काल युद्ध विराम गर्न र कब्जामा रहेका हमासका बन्दीलाई रिहा गराउन इजरायललाई दबाव दिनुभएको छ ।
हमास र इजरेलबीचको वार्ता असफल भएपछि वाइडेनले यस्तो दवाव इजरायललाई दिनुभएको हो ।
विदेशमन्त्री एन्टोनी ब्लीङ्केन अमेरिका फर्किएपछि राष्ट्रपति बाइडेनले इजरेली प्रधानमन्त्री नेतान्याहुलाई फोन गरेर युद्ध विरामका लागि पुन: आग्रह गर्नुभएको हो ।
शान्ति सम्झौताका सम्बन्धमा हमास र इजरेलले आ-आफ्नो अडान नछोडेपछि कतारमा भएको वार्ता निष्कर्षविहीन भएको थियो ।
वार्ता असफल भएपछि इजरेलले गाजा क्षेत्रमा गरेको आक्रमणमा परी ५० जना प्यालेष्टिनीको मृत्यु भएको छ ।
गाजा फेरि इजरेलको सुरक्षाकालागि चुनौति बन्न नसक्नेगरी युद्धलाई जारी राखिने इजरेलले जनाएको छ ।
0 comment