काठमाडौं - पछील्लो २४ घण्टामा नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर ४ हजार ९२४ जनाको नमुना परीक्षण गर्दा १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३२० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ३ जना संक्रमितको मृत्यु भएको छ। 

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९४४ पुगेको छ ।