काठमाडौं - ललितपुरमा ३८ जनामा हैजा संक्रमण  पुष्टि भएको छ ।

योसँगै देशका विभिन्न जिल्लामा हैजा संक्रमितको सङ्ख्या ५० पुगेको छ ।

ललितपुर, काठमाडौँ, कैलाली र प्युठानमा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।  

जसमध्ये ललितपुरमा ३८, कैलालीमा ८, काठमाडौँमा २ र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको हो ।

दूषित पानीकै कारण हैजाको सङ्क्रमण बढ्ने भएकाले खानेपानीको शुद्धतामा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।