काठमाडौं - साताको पहिलो सेयर कारोबार दिन आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। २५ अर्ब माथिको सेयर कारोबार हुँदा नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ३.७६ प्रतिशतले बढेर ५०१.९१ विन्दुमा पुगेको छ।
आज ३३० कम्पनीको ६ करोड ३२ लाख १ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए।
आज १२ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। २५ कुथेली बुखारी स्माल हाइड्रोपावरको सेयर भने १० प्रतिशतले घट्यो।
आज कारोबारमा आएका १३ वटै समूहको उपसूचक सकारात्मक देखिए । लाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक ४.५३ प्रतिशतले बढ्यो भने इन्भेस्टमेन्ट र माइक्रोफाइनान्स समूहको उपसूचक पनि ४ प्रतिशत बढीले उकालो लाग्यो । त्यसैगरी, बैंकिङ, फाइनान्स, हाइड्रोपावर र नन लाईफ इन्स्युरेन्स समुहको उपसुचक ३ प्रतिशत बढीले उकालो लाग्दा डेभलपमेन्ट, अन्य र ट्रेडिङ समुहको उपसुचक २ प्रतिशत बढीले बढ्यो । म्यानुफ्याक्चरिङ्ग समुहको उपसुचक १ प्रतिशत बढीले बढ्दा होटेल र म्युच्युअल फण्ड समुहको उपसुचक सामान्य उकालो लाग्यो ।
कारोबार रमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। हिमालयन रिइन्स्योरेन्सको आज १ अर्ब ५२ करोड बढीको सेयर कारोबार भयो। यसैगरी, शिवम् सिमेन्टको १ करोड १६ लाख, नेपाल इन्फ्रास्टक्चर बैंकको ६८ करोड, नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड बढीको सेयर कारोबार भयो।
0 comment