काठमाडौं - गाजा सहरमा विस्थापित प्यालेस्टिनीहरूलाई आश्रय दिने एक विद्यालय भवनमा गरिएको इजरायली हवाई हमलामा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु भएका केहीको पहिचान गरिएको भएपनि केहीको पहिचान गर्न गाह्रो भएको अल-अहली अस्पतालका प्रमुख फदल नइमले बताए ।
इजरायली सेनाका प्रवक्ताले अल-ताबाइन स्कूलले "सक्रिय हमास र इस्लामिक जिहाद सैन्य सुविधाको रूपमा काम गरेको र त्यहा करीब २० जना आतंकवादी कार्यरत रहेको बताएका छन्। तर हमासले भने यसलाई अस्वीकार गर्दै आएको छ ।
आक्रमणको पश्चिमी राष्ट्रहरुले आलोचना गरेका छन् । साथै इजरायलको युद्धविराम वा गाजा युद्ध अन्त्य गर्ने कुनै इच्छा नभएको बताएको छ ।
0 comment