काठमाडौं - डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।
सबै भन्दा बढी सङ्क्रमित २८७ जना काठमाडौँ जिल्लाका रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७ जनामा, भक्तपुर ४२ जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो ।
देशका ७३ जिल्लामा डेंगु फैलिएको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला जिल्ला भने डेंगुबाट सुरक्षित रहेका छन् ।
0 comment